एमाले र माओवादी मिलेर बनेको नेकपा पार्टी ‘कुहिएको फर्सी’: डा.भट्टराई

 

२७ जेष्ठ २०७५,आइतबार 

पुर्व प्रधानमन्त्री एवम नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई ‘कुहिएको फर्सी’ को संज्ञा दिएका छन्।

याँ शक्ति गोरखा-काठमाडौं सम्पर्क संयन्त्रले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले बाहिरबाट हेर्दा सद्दे देखिएपनी नेकपा भित्रभित्रै खोक्रो बनिसकेको बताएका हुन ।

पञ्चायतकालमा मण्डलेको दबदबा थियो, त्यतिबेला बुढापाका भन्थे पञ्चायत कहिल्यै जाँदैन। आन्दोलनबाट पञ्चायत ढल्यो उनले भने, ‘अहिले सत्ताको पहाडले हामीलाई थिचेजस्तो भएको छ, यो धेरै वर्ष टिक्दैन, भट्टराईको ठोकुवा थियो ।

भट्टराई नेपाली काङ्ग्रेस बिरुद्ध पनि खनिए । उनले भने, ‘नेपाली कांग्रेस दिशाविहीन भयो, विपी भजाएर खाने काम मात्रै गरेको छ’ ।

नेकपा र कांग्रेससँग पार्टी एकता हुन नसक्ने भट्टराईले बताए। नयाँ समाजवादी केन्द्र बनाउने सर्तमा यसअघि ओली र प्रचण्डसँग छलफल भए पनि उनीहरूले कम्युनिष्टको खोल ओढेपछि आफू पछि हटेको उनको भनाइ छ।

आर्थीक समृद्धी ल्याएर मात्र मर्ने योजना रहेको भट्टराईले सुनाए ।