सरकारले बन्द गरायाे राष्ट्रसंघीय राजनीतिक कार्यालय

 

यो कार्यालयले नेपालको राजनीतिक घटनाक्रमबारे साप्ताहिक रिपोर्ट न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालमा बुझाउने गर्दथ्यो ।

विगत सात वर्षदेखि सन्चालित यो कार्यालयमा हाल जापानी महिला प्रमुखको रुपमा कार्यरत थिइन् भने नेपालका पत्रकारहरु पनि आकर्षक तलबसहित जागिरे थिए ।

नेपालको शान्ति प्रक्रियालाई सघाउन आएको अनमिन सेना समायोजन र हतियार व्यवस्थापनको काम सम्पन्न गरेर फर्किएपछि केही समयका लागि भन्दै डीपीए स्थापना गरिएको थियो । तर, सात वर्षसम्म कार्यालय चलिरह्यो ।

डीपीएमा कार्यरत केही कर्मचारीहरुले ‘अलग तराई’ को वकालत गर्दै आएका सीके राउतप्रति सहानुभूति राखेको, सीके राउतका सहयोगी पश्चिमी दातृ निकायसँग अघोषित सहकार्य गरेको, राजनीतिक गतिविधिमा संलग्न भएको आरोपसमेत लाग्दै आएको थियो ।

त्यसैले मन्त्रिपरिषद बैठकले डीपीएको फिल्ड कार्यालय बन्द गराउने निर्णय गरेको हो ।

सरकारको निर्णयको जानकारी न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा दिइएको छ भने त्यसको बोधार्थ पुल्चोकस्थित राष्ट्रसंघीय आवासीय कार्यालयमा पठाइएको छ ।