डा देवकोटाको पार्थिक शरिरकाे अाज अन्त्येष्टि गरिदै 

काठमाडौं, असार ४ ।
हिजो साँझ निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको आज अन्त्येष्टि गरिदै छ ।

त्यस अघि डा। देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विहान ८ देखि दिउँसो १ बजेसम्म बाँसबारि स्थित न्यूरो अस्पताल परिसरमा नै राखिने बताइएको छ ।

त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने जनाइएको छ । उहाँको काजकिरिया ७ दिन मै सक्ने अस्पताल प्रशासनले जनाएको छ ।

पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैंले स्थापना गरेको न्युरो अस्पतालमा उपचाररत थिए ।