नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

कैलाली, असार २० । कैलालीको गौरीगंगा नगरपालिकामा खोलामा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ११ शिवपुरको स्थानीय खोलामा नुहाउने क्रममा मंगलबार साँझ दुई बालकको मृत्यु भएको हो 

मृत्यु हुनेमा शिवपुरका हर्क भुलका ८ वर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ वर्षका छोरा अमन चौधरी छन् । स्थानीय कटैनी खोलामा साथीहरुसँग नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले करीब १ घन्टापछि शव फेला पारेको थियो । बाढी आएको र पानीको सतह बढेको कारण पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको बताइएको छ । दुवै बालकको शब पोस्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय मसुरियाले जानकारी दिएको छ ।