कृषि तथा वन विज्ञान विश्वविद्यालयले हालै ८वटा निजी कलेजलाई दिएको सम्बन्धन खारेजीको माग

काठमाडौं साउन २। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारीले एक वक्तव्य जारी गरी कृषि तथा वन विज्ञान विश्वविद्यालयले हालै ८ वटा निजी कलेजहरुलाई दिएको सम्बन्धन प्रक्रियाको खारेजीको माग गरेका छन् । बुधबार जारी गरिएको उक्त वक्तव्यमा भनिएको छ, चितवनमा स्थापित कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीहरुले भूमाफियासँग सम्बन्धित ८ वटा निजी कलेजहरुलाई सम्बन्धन दिई कृषि शिक्षालाई तहस नहस पारी आफ्नो स्वार्थसिद्ध गर्ने प्रक्रियामा लागेको देखिएको छ । सत्ता पक्ष र विपक्षसँग सम्बन्धित शैक्षिक र भूमाफियाहरुसँगको साँठगाँठ र आर्थिक चलखेल समेत भएको देखिएको छ । यसप्रति हाम्रो संगठनको गम्भीर ध्यानकर्षण भएको छ । र, यस कदमको हामी तीव्र भत्र्सना गर्दछौं र उक्त सम्बन्धन प्रक्रिया तत्काल खारेज गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं ।