प्रधानमन्त्री अोलीको डा.केसीलाई चुनाैती

काठमाडौं, साउन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि तर्कसंगत बहस गर्न आफू तयार रहेको बताएका छन् । उनले डा. गोविन्द केसीमाथि समस्या समाधान खोज्नुको सट्टा समाधान खडा गरेको आरोपसमेत लगाएका छन्।

 

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘डा. केसीले समाधान खोज्ने भन्दा पनि समस्या मात्र खडा गर्नुभएको छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई कस्तो बनाउने तपाईं नै जिम्मा लिनुहोस । आयोग चाहिन्छ भने त्यसको अध्यक्ष तपाईं नै बन्नुहोस् ।

 

ओलीले डा. केसी अनशन बसे पनि अनशन कायम गर्ने अरू नै भएको आरोप लगाए । प्रधानमन्त्री ओलीले भने, ‘डा. केसी बिरामी छन्, तर अरूले उपचार गर्न दिँदैनन् । राजनीतिक स्वार्थका लागि डा. केसीको उपचार गर्न दिन्न भन्न पाइन्छ ?’ नेपाल चिकित्सक संघले अस्पताल बन्द गर्दै हिँड्नु गैरकानुनी र अमानवीय भएको ओलीले बताए । ‘सरकारी जागिर खाएका डाक्टरले उपचार गर्दिनँ भन्न पाइन्छ ?’ ओलीले भने । उनले डा. केसीको फेरो समाएर राजनीति गरिरहेको कांग्रेस देख्दा आफूलाई दया लागेको बताए।

 

प्रधानमन्त्री ओलीले गैरकानुनी र अमानवीय त्यान्द्रा समाएर राजनीति गर्न खोजे कांग्रेस सकिने बताए । उनले संसद्मा पेस भएको विधेयक सच्याउन सरकार तयार रहेको बताए । कांग्रेसप्रति आक्रोशित हुँदै ओलीले भने, ‘कांग्रेसले हामीलाई भन्नुप¥यो ककसका हुकुम र फरमान पालना गर्नुपर्ने हो ?

 

 

उनले उपचारका लागि डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याउन खोज्दा अवरोध गरेर कांग्रेसले के गर्न खोजेको भन्दै प्रश्न गरे । डा. केसीको अनशनप्रति व्यंग्य गर्दै ओलीले भने, ‘कतिपयले यसलाई सत्याग्रह भनेको सुनेको छु । पाखुरा बजारेर र मुड्की हानेर सत्याग्रह हुन्छ ?’ ओलीले मानवअधिकारका नाममा मैदानमा उत्रिएकाहरुले नै मानवअधिरविरोधी काम गरिरहेको आरोप लगाए । ‘आफंैलाई पनि कसैले प्रताडित गर्छ वा दुःख दिन्छ भने त्यो मानवअधिकारविरोधी काम हो,’ ओलीले भने। -नागरिक दैनिकबाट