भागबन्डा मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाउने तयारी

काठमाडौ साउन १०| सत्तासाझेदार दलहरूबीच भागबन्डा मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी छ ।

 

कृषि विकास, पशुपंक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो ।

 

नयाँ बन्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई ‘फुलमन्त्री’ बनाएर ल्याउन लागिएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।