सडक दुर्घटना न्यूनिकरण गर्न सवारी धनी र चालकहरुलाई अभिमुखीकरण

 

दार्चुला, साउन १७ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा सवारी धनी र चालकहरुलाइ सडक सवारी दुर्घटना न्यूनिकरण गर्न अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।

 

खासगरी दार्चुलाको सन्दर्भमा ट्राफिक नियमहरुको उल्लङघन गर्दै भरखर बनेका कच्ची सडकहरु, सवारी रुट परमिट नभएका सवारी साधनहरुको प्रयोग, सिट क्षमता भन्दा बढि यात्रुहरुको ओसारपसार, तोकिएको दर रेट भन्दा बढि भाडा असुली, तिब्र गतिमा सवारी साधन चलाउने गरेको, झुन्डीएर यात्रा गर्ने गराउने गरेको पाइएको छ

 

वर्षातको समयमा हुनसक्ने सम्भावित दुर्घटनाको न्युनिकरण गर्दै सुरक्षित यात्राकालागी सचेतनामुलक अभिमुखीकरण गरिएको हो । साघुरो लोकमार्ग, कच्ची र जोखीमपूर्ण सडक, यात्रु र चालकको गल्ती, ट्राफिक नियमको पालना नगर्नेलगायत कारणले दुर्घटनाको उच्च जोखीम रहेको कारण समयमै सबैले सावधान एवं सतर्क हुनु आवश्यक रहेको जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीको भनाइ छ ।

 

यस्तै मादक पदार्थ तथा लागु औषधको प्रयोग तथा सेवन गरी सवारी हाक्ने, मोड तथा घुम्तीहरुमा हर्न नबजाइ तिब्र गतिमा सवारी चलाउने, सवारी साधन चलाउँदा सवारी संग सम्बन्धीत कागजपत्रहरु साथमा नराखी सवारी साधन चलाउँने गरेको, मोटरसाइकल चलाउँदा हेलमेटको प्रयोग गर्ने नगरेको, नया सवारी साधनहरुले नम्बर प्लेट नराखी सवारी साधन चलाउँने गरेको, सवारी चलाउँदा अत्यधिक मात्रामा मोबाइल फोनको प्रयोग,गर्ने सवारी चलाउँदा अनाबश्यक रुपमा गीत संगीतको प्रयोग गर्ने गरेको पाइएको छ ।

 

यसैगरी चालक सहचालकद्धारा यात्रुहरुमाथी अपसब्दको प्रयोग, दुब्र्यबहार, जीपहरुको अगाडी सिटमा चार जनासम्म यात्री राख्ने गरेको, अगाडी सिटमा रहेका महिलाहरुसंग जिस्केर सवारी चलाउँने गरेको पाइएकोले ट्राफिक नियमबिरुद्धका यस्ता गतिबिधि नगर्न सचेत गराइएको छ ।

 

रुटपरमिट र आबश्यक सवारी कामजात बिना ट्राफिक नियमको उल्लङघन गरी सवारी चलाइएको पाइएमा कडाभन्दा कडा कार्बाही गरीने डिएसपी अधिकारीले बताएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय दार्चुलामा भएको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण दिदै डिएसपी अधिकारीले भने, ‘कागजात दुरुस्त राखेर नियमसंगत ढंगले बिस्तारै सवारी चलाउँनुहोस, सवारी साधनहरुको उचित मर्मतसम्भार गराएर सम्भाबित दुर्घटना न्युनिकरण गर्न समयमै सजक रहनुहोस सबै पक्षको भलाइ हुन्छ ।

 

मदिरा तथा लागुपदार्थको सेवन गरी सवारी चलाइएको पाइएमा मुद्धा चलाउनेदेखि लाइसेन्स खारेजीसम्मको प्रकृर्यामा प्रहरी अगाडी बढ्ने भएकोले आफ्नो ब्यबसाय, परिवार र यात्रीहरुको भविष्य सम्झेर सवारी साधन चलाउन उनले आग्रह गरेका छन् ।