२५ लाख धरौटीमा छुटे लुट फिल्मका निर्माता वाग्ले

 

काठमाडौं साउन१९। नक्कली नोट छापेको आरोपमा जेठ २ मा पक्राउ परेका लुट फिल्मका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

 

अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको हो ।प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो ।

 

काठमाडौं जिल्ला अदालतले जेठ २९ मा अभियोग दायर गरिएका ६ मध्ये तीनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी र दीपक नापित भने एक–एक लाख धरौटीमा र साजन भुलुन साधारण तारेखमा छुटेका थिए ।

 

चलचित्र ‘चंगा चेट’ का निम्ति छापिएको नक्कली नोट फिल्म निर्माणका सदस्यले बजारमा लगेर दुरुपयोग गरेपछि घटना बाहिर आएको थियो । आजको कान्तिपुर दैनिकमा छ ।