अब कालाबजारी गर्नेले जेल जानुपर्ने

 

काठमाडौं, साउन २३ । विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ ।
सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारवाही व्यवस्था गरिएको हो।

 

 

संविधानका मौलिक हकअन्र्तगत रहेको उपभोक्ताको हक कार्यन्वयनका लागि ल्याउन लागिएको विधेयकमा तोकिएको गुणस्तरभन्दा घटी वा बढी भएको कुनै वस्तु र सेवा उपभोग गरेर उपभोक्तालाई नोक्सानी भएमा कसुर गरेको मानिने उल्लेख छ ।,यसअघि उपभोक्तालाई गुणस्तरहीन वस्तु उत्पादन र विक्रि गर्नेले छुट पाउँदै आएका थिए ।