अनि पुरिए रातारात खाल्डाखुल्डी

काठमाडौं, साउन २५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिहीबार चाबहिल जोरपटी साँखु सडकखण्डको अनुगमन गर्ने सुइँको पाएसँगै ठेकेदार कम्पनीले रातारात खाल्डाखुल्डी पुरेका छन् ।

 

मन्त्री महासेठले अनुगमन गर्ने पूर्वजानकारी पाएरै ठेकेदारले बुधबार राति टुसालचोकदेखि जोरपाटीसम्मका केही खाल्डाखुल्डी बुधबार पुरेका छन् । 

 

समाचारमा लेखिएको छ, बौद्धका स्थानीयवासीले मन्त्री आउने हल्ला सुनेपछि ठेकेदार कम्पनीले पानी जम्ने केही खाल्डाखुल्डी रातारात पुरेको बतउँछन् ।

 

‘बुधबार बिहानसम्म बौद्धको टुसालदेखि जोरपाटीको सडकमा खाल्डामा पानी जमेर तलाउजस्तै देखिन्थ्यो’, बौद्धका पासाङ शेर्पाले भने, ‘ठेकेदारले किन रातारात काम गर्यो भनेको त अनुगमन आउने आउने थाहा पएर पो रहेछ । नागरिक दैनिकमा समाचार  छ ।