गाउँलेलाई कुटपिट गरेपछि प्रहरी हवलदार निलम्वित

 

काठमाडौं भदाै ४।  जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवलदार सुरेन्द्रराम परियार निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचनना अधिकारी इन्सपेक्टर निरक चौलागाईँका अनुसार नयाँ मुलुकी ऐनविपरित नागरिकलाई कुटपिट गरेको अभियोगमा परियार निलम्बनमा परेका हुन् ।

 

इन्सपेक्टर चौलागाईँका अनुसार भदौ १ गते खाँडाचक्र नगरपालिका–१ निवासी गोविन्द दमाईलाई सामान्य विवादमा कुटपिट गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि जिल्ला प्रहरी प्रमूख डिएसपी विनोद शर्माले परियारलाई निलम्वन गरेका हुन् ।

 

जिल्ला प्रहरी प्रमुख डिएसपी शर्माले नागरिकलाई सहयोग गर्ने प्रहरीले नै नागरिकमाथि अन्याय गरेकाले निलम्बन गरेको बताए । उनले गल्ती गर्ने कसैलाई पनि कानुनी कारवाहीको भागीदार बनाउने बताए । शर्माले जिल्लालाई सभ्य र सामाजिक सद्भावयुक्त बनाउन आफुले कुनै कसर बाँकी नराख्ने पनि बताएका छन् । अन्नपूर्णपोष्टबाट ।