एक महिलाको बेवारिसे शव फेला

 

दार्चुला, भदौ ४ । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडामा एक महिलाको बेवारिसे शव फेला भएको छ । धुलीगडाको खेडा नजिकैको होपरीगाड खोलामा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रबक्ता हिक्मत बोहराले जानकारी दिए ।

 

शव फेला परेको खबर पाउने वित्तिकै आइतबार राति इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक दीर्घराज बोगटी नेतृत्वको प्रहरी टोली घटना स्थलतर्फ गएर शव पोष्टमार्टमका लागि गोकुलेश्वर ल्याइएको छ ।

 

शव महिलाको भएको जानकारी प्राप्त भएपनि शरीरको हुलीया नै स्पष्ट नदेखिएको कारण शबको थप पहिचान गर्न गाह्रो भएको प्रहरी निरिक्षक बोहराले बताए ।