बाजुरामा बाढी- पहिरोले विस्थापित सयौं परिवारको त्रिपालमुनि बास

 

बाजुरा, भदौ ७ ।लगातारको वर्षातकै कारण घरमाथिबाट पहिरो बग्न थालेपछि पुरै गाउँको उठिबास भएको छ । सो ठाँउका करिब डेढ सय बढी घरपरिवारहरुको विचल्ली भएको छ । पानी पर्नासाथ घरहरुमाथिबाट पहिरो खस्न थालेपछि स्थानीयहरु गाउँमै रहेको कुडी आधारभुत विद्यालयको खुला चौर, धर्मशाला, मठमन्दिरका स्थानहरुमा गएर रात विताउने गरेका छन् ।

 

गएको शुक्रबार राति परेको अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोमा पुरिएर कला परिको घटनास्थलमै मृत्यु भयो उनका श्रीमान नन्दे परी शक्त घाइते भए । घरमा श्रीमान श्रीमती र एउटा घर थियो ।

 

४५ वर्षकी उनकी श्रीमतीसंगै घरपनि पूर्ण रुपमा क्षेती भयो श्रीमतिको मृत्युपछि श्रीमान नन्दे परी अहिले सहारा विहिन बनेका छन् । पहिरोले च्यापिएर घरभित्रै कला परिको मृत्यु भएपछि अहिले सो गाउँनै शोकमा डुकेको छ ।

 

पहिरोमा परी मृत्यु भएकी कला परीको क्रिया खर्चका लागि जिल्ला दैविक प्रकोप उद्धार समितिले १ लाख रकम राहत दिएको छ । तर, अन्य विस्थापित परिवारहरुका लागि भने सम्बन्धित ठाउँकै स्थानीय सरकार बुढीगंगा नगरपालिकाले अहिलेसम्म सो बस्तीका विस्तापित परिवारको व्यवस्थापनका लागि कुनै पहल नगरेकोे स्थानीयहरुले गुनासो गरेका छन् ।

 

पहिरोबाट विस्थापित बनेका उनिहरु अहिले राज्यबाट राहतको लागि पर्खाइमा रहेका छन् । पहिरोबाट विस्थापित भएको हप्तादिन वित्न लाग्दा पनि कहि कतैबाट राहत नआएपछि उनिहरुलाई झनै पीडा थपिएको छ ।

सांकेतिक तस्वीर

 

पहिरो पीडितहरुको बास विद्यालयमा

अविरल वर्षाका कारण गाउँमा पहिरो आएपछि गाउँका १ सय ५० बढी घर परिवार र पशु चौपाय समेत विद्यालयमा बस्ने गरेकाले विद्यालय बन्द गर्नु परेको विद्यालयका शिक्षक राजेन्द्र परिले बताए ।

 

बुढीगंगा नगरपालिका १ माथिल्लो कुडीमा रहेको कुडीकोट आधारभूत विद्यालय एक हप्ता दिनदेखि बन्द भएको छ । गाउँनै पहिरोको उच्च जोखिम्मा परेपछि अहिले सो बस्तीका विस्थापित परिवारहरु विद्यालयमा बास बस्न थालेका छन् । पहिरोबाट विस्थापित बनेका परिवारहरुको बास विद्यालयमा भएपछि विद्यार्थीहरूको पठन पाठनमा समस्यामा भएको छ ।

 

१ सय २२ जना विद्यार्थी अध्ययन गर्ने यस कुडीकोट आधारभूत विद्यालय हप्तादिन देखि बन्द भएपछि विद्यार्थीहरुको पढाई समेत प्रभावित बनेको छ । बुढीगंगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सरोकारवालहरूले विस्थापित परिवारका लागि आवश्यक राहत नदिएकोे स्थानीय मनबहादुर विकले बताए ।

 

मृतकका परिवारलाई एक लाख राहत

जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी चेतराज बरालकाअनुसार पहिरोका कारण पुरै गाउँ नै विस्थापित भएकोले विस्थापित परिवारहरुका लागि जिल्लामा राहत सामग्री थोरै भएकोले प्रदेश सरकार र केन्द्रिय सरकारलाई राहतको माग गरेको बताए।

 

भदौ १ गते राति परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर घरभित्रै मृत्यु भएकी कला परिको मृत्युपछि मृतक कला परिका परिवारलाई क्रिया खर्च वाफत जिल्ला दैविक प्रकोप उद्धार समितिले १ लाख राहत उपलब्ध गराएको छ । ।

 

त्यस्तै बढीगंगा नगरपालिका नगर प्रमुख दिपक विक्रम शाहले बाढी पहिरोका कारण विस्थापित भएका परिवारहरूका लागि आवश्यक पर्ने खाद्यन्न सामग्री, लत्ताकपडा र त्रिपालको व्यवस्था गरिरहेको बताए ।

 

बाढी पहिरोले कहाँ कति क्षेति भयो

बुढीगंगा नगरपालिका २ ताँप्रा घटालीमाडु बस्ने मानबहादुर थापाका ११ वर्षीय छोरा विराज थापाको गाउँ नजिकै पर्ने पानीमुल खोलामा बगेर वेपत्ता भए ।

 

शनिबार दिउँसो छिमेकीसँगै दाउरा उतार्न खोलामा जानेक्रममा बगाएको थियो । त्यस्तै निरन्तरको वर्षातकै कारण घरहरु माथिबाट पहिरो बग्न थालेपछि पहिरोले बुढीगंगा नगरपालिका–१ का सुरेन्द्र साउँदको घर पूर्ण रुपमा क्षति हुन पुगेको छ । साउँदको घर भत्किएपछि सँगै जोडिएका अरु पाँच साँउद परिवार समेत विस्थापित बनेका छन् ।

 

सबै घर– परिवार घर छोडेर डाँडामा त्रिपालमुनी दिन विताईरहेका छन् । पहिरोले घर पूर्ण रुपमा क्षती हुनुका साथै घर भित्र रहेका अरु पशु चौपायाहरुपनि पहिरोले पुरिएर मेरका छन् । त्यस्तै भदौ १ गते नै गएको पहिरोका कारण बुढीगंगा नगरपालिका २ मुस्तोलाका चन्द्र
रावतको गोठ भत्कीदा एक जना घाइते भएका थिए । यस्तै बडिमालिका नगरपालिका ४ रिलामा पनि पहिरो गएपछि स्थानीय ४० बढी परिवार पहिरोको जोखिममा परेका छन् ।

 

जिल्लाकै बुढीनन्दा नगरपालिका–१ पीपल डालीका १४ घर परिवार पनि पहिरोबाट विस्थापित बनेपछि खुला चौरमा गएर बस्नु पर्ने बाध्यता रहेको पाइएको छ । खोलाले बगाएर बुढीगंगा नगरपालिका २ मा एक बालक बेपत्ता भएका छन् । त्यसै गरी बुढीगंगा नगरपालिका २ मुसीगाउमा बस्ने चन्द्र रावतको गाई गोठ पहिराले बगाएको छ ।

 

पहिरोले बगाउदा चन्द्र रावतकी आमा घाईते भएका छन् भने दुई गाई १० बाख्रा एक गोरु र एक कुकुर समेत मरेको र पहिरोले स्थानीयले लगाएको पाकेको मकै र पाक्न लागेको धान कोदो सबै लगेपछि खाद्यन्नको समेत अभाव भएको छ ।

 

बाढी पहिरोले पीडितमाथि झन पीडा

पहिरोबाट पीडा खेपिरहेका जिल्लाका स्थानीयहरुलाई यतिबेला झन पीडा भएको छ । ‘त्रिपालमुनीको बास खाद्यन्न अभाव, निरन्तरको वर्षा कहाँ जाने के खाने ?’ बुढीगंगा नगरपालिका–१ का सुरेन्द्र साँउदले गुनासो पोखे ।

 

१ सय ५० बढी परिवार बस्ने बुढीगंगा नगरपालिका १ को माथिल्लो कुडीमा  १ सय १४ परिवार दलित रहेका छन् । सम्पत्तिका नाममा उनीहरुसंग घरहरु थिए । त्यो पनि घरनै बस्न लाएक नभएपछि बिच्चलीमा परेको आईते परिले वताएका छन् । बाढी पहिरो पिडीतहरुले सरकारबाट पाउने पाल समेत नपाएपछि १० देखि ११ परिवार एकै पालमा बस्ने गरेका छन् । बिस्थापित परिवारमा सबै भन्दा बढि बालबालिका, गर्भवति महिला रहेका छन् । पहिरोबाट विस्थापित भएको हप्तादिन वित्न लाग्दा पनि कहिँ कतैबाट राहत नआएपछि उनिहरुलाई झनै पिडा थपिएको छ ।

 

‘बनेका घर पूर्ण रुपमा पहिरोले पुरेको छ । कुनै सामान खाद्यन्न छैन, एक त्रिपाँल पनि अरुले दिएको हो, त्यहि पाँलमा ५ जना परिवारका २३ जना बस्ने गरेका छौँ ।’ उनले भने–‘खाना पकाउने भाडाँकुडा समेत छैनन्, निकै समस्या भएको छ ।

पहिरो पीडितले पाएनन् राहत

त्यस्तै बुढीगंगा नगरपालिका २ मुसीगाउमा बस्ने चन्द्र रावतको गाई गोठ पहिराेले बगाएको छ । पहिरोले बगाउदा चन्द्र रावतकी आमा घाईते भएकी छन् भने दुई गाई १० बाख्रा एक गोरु र एक कुकुर समेत मरेको थियो । त्यस्तेा बाढी पहिरो पिडीतहरुले सरकारबाट पाउने त्रिपाल समेत नपाएपछी १० देखी ११ परिवार एकै पालमा बस्ने गरेका छन ।

 

बुढीगंगा नगरपालिका १ मल्लो कुडी का पहिरो पीडितले राहत नपाएको गुनासो गरेका छन् । भदौ १ गते राति आएको अविरल वर्षाका कारण पहिरोले एक जना महिलाको मृत्यू हुनुका साथै एक सय ५० बढी घर परिवार विस्तावित भएका छन् ।

 

पहिरो पिडीतहरुले एउटा पाल समेत पाउन सकेका छैनन् । एकै पालमा बस्दा धेरै परिवारहरुलाइ सास्ती ब्यहोर्नु परेको छ । चिसो र खुला ठाउमा बस्दा सुत्केरी महिला बालबालिका तथा बृद्धबृदाहरुमा रोगको संक्रमण हुन थालेको छ । बालबालिकाहरु निस्सासीने र निमोनिया हुने संकेत बढ्दै गएको छ । स्वास्थ्य उपचार, खानेपानी खाना भन्दा पनी पहिरो पिडीतलाइ बासका लागी माग गरिरहेका छन ।

 

पीडित परिवार कुडीकोट आधारभूत विद्यालय र नजिकैको देवताको थानमा बस्दै आएका छन् । जिल्ला प्रशासन कार्यलय, जिल्ला दैवीक प्रकोप उद्धार समितिले तीन ओटा पाल मात्र दिएको पीडित परिवारले गुनासो गरेका छन् । नगरपालिकाले कुनै पनि राहतको सामग्री नदिको बताताएको छ ।

राहत संकलन कार्य जारी

 

जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार जिल्ला दैविक प्रकोप उद्धारसंग भएको आर्थिक रकम नगद र खाद्यन्न पिडितहरुलाई वितरण गरिसकेको र बाँकी रहेका परिवारहरुका लागि राहत संकलन कार्य जारी राखेको बताएका छन् ।

 

जिल्लामा यस वर्ष वर्षातका कारण धेरै ठाँउमा क्षती भएपछि राहत सामाग्री अपुग भएकोले केन्द्र सरकार र प्रदेश सरकारलाई राहत सामाग्री माग गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजरामा राहतका सामाग्री सकिएपछि शाखाले दिपायलमा रहेको स्टोरलाई समेत खबर गरिसकेको बताएको छ ।

 

जिल्लामा १ महिनादेखि निरन्तरको वर्षात संगै आएको बाढी पहिरोका कारण विस्थापित बनेका पिडितहरुका लागि राहत संकलन गर्न जिल्ला दैविक प्रकोप उद्धार विभिन्न ठाँउमा राहत सामाग्री जुटाउनका लागि पहल गरिरहेको छ ।