महाकाली नदीमा पानीको सतह बढ्यो

 

कञ्चनपुर, भदौ १० । मंगलबारदेखि परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेको छ । पानीको बहाव बढेर १ लाख ४७ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रले जनाएको छ ।

 

केन्द्रका अनुसार शनिबार रातीबाट महाकालीमा पानीको सतह बढेको हो । नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले चार पाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाएको छ ।

 

महाकाली नदीको बाढीको पूर्वानुमानका लागि दार्चुला र डडेल्धुरामा पानीको सतह मापन गरिन्छ । दार्चुलामा पानीको सतह ४ मिटर ५० सेन्टीमिटर छ भने डडेल्धुराको परी गाउँमा ५ मिटर ७० सेन्टिमिटर रहेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्र जनाएको छ ।

 

पुल सुरक्षाको कारण देखाउदै भारतीय पक्षले नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि चार पाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाउने गरेको छ ।