एसिया कप छनोट : सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

काठमाडौं, भदौ १७ । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

 

क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले ६० रन बनाए ।

 

निकै खराब सुरुवात गरेको सिंगापुरले १८ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, सूर्यवंशीले चौथो विकेटका लागि अनिश परमसँग ८० रनको साझेदारी गर्दै पारी सम्हाले ।

 

अनिश ३१ रनमा आउट भए । त्यसपछि नेपाली बदरहरु हाबी भए । सूर्यवंशी सातौं विकेटका रुपमा आउट हुँदा टिमको स्कोर १३१ रन थियो । नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे ।