नेप्से २३ अंकले बढ्यो , ७० करोड माथिको कारोबार

काठमाडौं, २० भदौ । साताको सुरुवातसँगै नेप्सेमा भइरहेको बृद्धिले आज पनि निरन्तरता पाएको छ । नेपालको शेयर बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.८९ अंकले बढेको छ भने कुल कारोबारमा पनि बढेर करिब ५२ करोडबाट ७० करोड ८८ लाख ५० हजार ५६८ रुपैयाँको कारोबार भएको छ।

 

आज १६७ कम्पनीको २३ लाख ७२ हजार कित्ता शेयरहरु किनबेच भएका थिए। सबैभन्दा धेरै कारोबार आज कुमारी बैंककोमात्र ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भयो भने एनएमबी बैंकको ४ कारोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएका छन्। धेरै रकमको काराबोर हुने १० कम्पनीमध्ये बाणिज्य बैंकनै पहिलो स्थानमा छन् भने समूहगत परिसूचकहरुमा पनि ११ मध्ये ९ समूहमा उच्च बृद्धि देखिएको हो। बैंकिङ समूहमा २२.७४ अंकको बृद्धि देखिएकोमा निर्जीवन बिमा समूह १६२ अंकले बढेको छ भने जीवन बिमा समूह ९५.१९ अंकले बढेको छ ।