साँचो खोसेर सरकारले थाल्यो ढुवानी ट्याङ्कर चालकले इन्धन ढुवानी रोकेपछि

काठमाण्डौ,असोज ५ । ट्याङ्कर चालकहरूले फौजदारी संहिताप्रतिको असन्तुष्टीले राख्दै पेट्रोलियम पदार्थ ढुवानीमा रोकेपछि सरकारले आन्दोलन गर्ने चालकसँग ट्याङ्करको साँचो खोसेर आफैँ ढुवानी थालेको छ । सेना र प्रहरीको चालकमार्फत इन्धन ढुवानी शुरू गरिएको हो ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्दोलनकारी ट्याङ्कर चालकको साँचो खसेर सरकारी चालकहरूमार्फत इन्धन ढुवानी सुरू गरेको हो ।

शुक्रबार अमलेखगञ्ज र भैरहवाबाट ३० वटाभन्दा बढी ट्याङ्कर नियन्त्रणमा लिएर सरकारी चालकमार्फत इन्धन ढुवानी सुरू गरिएको आपूर्तिमन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।

विष्टका अनुसार ‘नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सरकारी विभिन्न निकायका चालकहरू मार्फत इन्धन ढुवानी सुरू गरिएको छ ।’ ती चालकहरूमार्फत चलार्इएको ट्याङ्कर इन्धन बोकेर काठमाडौं लगायतको गन्तब्यमा निस्कि सकेको विष्टले बताए।

विभिन्न माग राखी इन्धन ढुवानी नगर्दा मुलुकभर तीन दिनदेखि इन्धनको ढुवानी ठप्प हुँदा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएपछि सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन पेट्रोलियम डिलर्स एशोसिएशनहरूलार्इ आग्रह गरेको छ ।

निगमले मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर र हलुका सवारीसधान, कार र भ्यानलगायतलाई बढीमा १५ लिटर पेट्रोल उपलब्ध गराउन भनेको छ ।

निगमले डिजेलबाट सञ्चालन हुने मध्यम तथा छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीको सवारीसाधनलाई बढीमा १०० लिटरसम्म उपलब्ध गराउन आग्रह गरेको छ । एम्बुलेन्स, विद्यालयका बस तथा सरकारी सवारी साधन लगायत अत्यावश्यक सवारी साधनलाई उच्च प्राथमिकतामा राखी इन्धन बिक्री वितरण गर्न निगमको आग्रह छ ।

काठमाडौंमा कडा अनुगमन,सर्वसाधरण आत्तिनु नपर्ने

थानकोट वितरण केन्द्रबाट प्रशस्त मात्रामा डिजल र पेट्रोल पम्पहरूलार्इ पठाइए पनि केही पम्पले वितरण रोकेको सूचना पछि मन्त्रालयले अनुगमनलार्इ चुस्त बनाएको छ ।सरकारले सहज ढुवानी र सर्वसुल वितरणका लागि सबै प्रयास थालेको भन्दै सर्वसाधरण आत्तिनु नपर्ने मन्त्रालयले जनाएको छ ।

ट्याङ्कर चालकले इन्धन ढुवानी रोकेपछि सरकार आफैँले थाल्यो ढुवानी

ट्याङ्कर चालकहरूले फौजदारी संहिताप्रतिको असन्तुष्टीले राख्दै पेट्रोलियम पदार्थ ढुवानीमा रोकेपछि सरकारले आन्दोलन गर्ने चालकसँग ट्याङ्करको साँचो खोसेर आफैँ ढुवानी थालेको छ । सेना र प्रहरीको चालकमार्फत इन्धन ढुवानी शुरू गरिएको हो ।