बिरामीको टिकट र इसिजी रिर्पोटमा फरक-फरक विवरण, काठमाडौं मेडिकल शिक्षण अस्पतालको चरम लापरबाही,

काठमाडौं असाेज ६। काठमाडौं मेडिकल शिक्षण अस्पतालमा उपचार गर्न गएका विरामीमाथि चरम लापरबाही भएको छ ।अस्पतालमा विरामीमाथि लापरबाही हुने गरेको काठमाडौं मेडिकल शिक्षण अस्पतालमा उपचार गर्न आउने बिरामीहरुको भनाइ छ । मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा अस्पताल गम्भीर बन्नुपर्ने उनीहरुको भनाई रहेको छ ।

 

रजिता खड्का (बिरामी)को नाम, उमेर, लिङ्ग र इसिजी रिर्पोटमा नाम उमेर लिङ्ग लगायतका विवरण फरक-फरक भएपछि मेसिनको दोष दिंदै अस्पताल प्रशासन आफ्नो लापरबाहीवाट पन्छिन खोजेको छ । विहीबार उपचार गर्न गएकी रजिता खड्का बिरामीको टिकट र इसिजी रिर्पोटमा फरक फरक विवरण देखिएको थियो ।

 

ब्लड रिर्पोट आइसकेको विरामीलाई पुनः जांचको लागि भन्दै अस्पतालका कर्मचारीले ब्लड निकालेर फेरि हैन् रहेछ भन्दै डस्बिनमा फाल्ने जस्ता लापरबाही समेत अस्पतालमा हुने गरेको पाइएको छ ।

 

चार नम्वरमा रहेका बिरामीको ठाउंमा पाँच नम्वरका विरामीको उपचार हुने जस्तो लापरवाही अस्पतालमा हुने गरेको बिरामीले बताएका छन् । अस्पतालको लापरबाहीबारे प्रश्न राख्दा कहीलेकांही गल्ती हुनसक्छ भन्ने जवाफ अस्पतालले दिएको छ ।