लाली चाउचाउको कार उपहार देवचुलीका प्रदीप भट्टराईलाई

      शोभा जिसी

नवलपरासी, असोज ८ । वुटवलको यशोदा फुड्स प्रालिद्वारा उत्पादित लाली तयारी चाउचाउको डबल धमाका बम्पर उपहार प्रथम पुरस्कार कार नवलपरासीको देवचुली नगरपालिका ११ धारापानी निवासी प्रदीप भट्टराईलाई परेको छ ।

 

भट्टराईलाई लाली चाउचाउको डबल धमाका बम्पर उपहार प्रथम पुरस्कार सुजुकी कार परेको कावासोती नगरपालिका २ विपी चोकमा रहेको चाउचाउको डिलर्स गोपाल ट्रेडर्सका विमल महताले बताउनुभयो ।

 

भट्टराईलाई उक्त कार यशोदा फुड्स प्रालिका कर्पोेरेसन म्यानेजर छविलाल शर्मा, प्रतिनिधिहरु निरञ्जन पोख्रेल, सूर्यकान्त साँखी र सुनिल श्रेष्ठले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।

 

भट्टराईलाई कार हस्तान्तरण गर्नु अघि कावासोतीदेखि दुम्किबास र दुम्किबासबाट धारापानीसम्म पञ्चेबाजा सहित र्याली निकालिएको थियो । कार भट्टराईकै निवास धारापानीमा गएर हस्तान्तरण गरिएको थियो ।