वडा अध्यक्षले बाढीपिडितहरुलाई दशैंको मुखमा बाँडे खाद्यन्न र लत्ताकपडा

बाजुरा,असोज ३० । बाजुराको बडीमालिका नगरपालिकास्थित वडा नं. २ का समाजसेवी तथा वडा अध्यक्ष डम्बर महतले बाढी पिडितहरुलाई खाद्यन्न र लत्ता कपडा बाँडेका छन् । जननिर्वाचित भईसकेपछि जनतालाई जनप्रतिनिधि भएको महशुस गराउन बाढीपीडितहरुलाई खाद्यन्न तथा लत्ताकपडा वितरण गरेको वडा अध्यक्ष महतले बताएका छन् । विजया दशमी तथा शुभदिपावलीको अवसर पारेर वडा अध्यक्ष महतले गाउँमा रहेका २० परिवारलार्ई राहात स्वरुप खाद्यान्न तथा लत्ताकपडा बाडेंका हुन् ।

 

 

गएको भदौंमा अविरल वषासँगै आएको बाढीका कारण लगाइएको बर्खे बाली पूर्ण रुपमा क्षती भएपछि दशैं कसरी मनाउने भन्ने चिन्तामा बसेका बाढी पिडीतहरुलाई दशैंमा केही दिनको छाक टार्नका लागि भएपनि आफ्नो वर्षभरि पाउने पारिश्रमिकबाट केही रकम छुट्याएर उनीहरुलाई सहयोग गरेको वडा अध्यक्ष महतले बताएका छन् । दशैको मुखमा वडा भित्रका ६ जना दलित परिवार १ जना अशक्त विरामी र १३ जना विपन्न परिवारलाई चिसो छल्नका लागि कम्बल बाँडेका हुन् ।

बाढीपिडित मध्ये राहात पाउनेमा बडिमालिका नगरपालिका –२ माझिगाउँका ६ परिवार रहेका छन् । जसमा गंगा सनाई, कासी सनाई, भिणी सनाई, तुले दमाई, पर्ष दमाई, नन्दे दमाई र १ जना अशक्त विरामी बिष्णु बोगटीलाई खाद्यन्न सहयोग गरिएको हो । बर्षाका कारण पाक्नेबेलामा सबै धान, कोदो, लगाएतका बर्खे बालीमा पूर्ण क्षेती भएकोले आफुहरुलाई दशैको मुखमा वडा अध्यक्ष महतले दुई छाक टार्नका लागि भएपनि खाद्यन्न सहयोग गरेकोमा खुसी भएको बाढी पिडित नन्दे दमाईले बताएका छन् ।