दशैंको टीकाको साइत विहान ९ः५१ बजे सबैभन्दा उत्तम

काठमाडाै।  बिजयी दशमीको टीकाको साइत यस वर्ष विहानै जुरेको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक २ गते शुक्रबार विहान ९ः५१ बजे बडा दशैंको टीकाको लागि सबैभन्दा उत्तम साइत जुरेको छ ।

 

यस वर्ष टीकाको साइत विहानै जुरेको हो । विजयादशमीको मुख्य दिन अर्थात् टीका लगाउन शुभ साइतको प्रतिक्षा गर्ने चलन छ । सोही साइतमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले टीका तथा प्रसाद ग्रहण गर्नेछन् । त्यस्तै आम सर्वसधारणले समेत सकेसम्म सोही साइतलाई आधार मानेर टीका तथा प्रसाद ग्रहण गर्नेछन् ।

 

समितिका अनुसार शुक्रबार बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाइएको छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा मनाएपछि बडादसैं समापन हुनेछ ।