काठमाडौंबाट चोङकिङ उडान हिमालय एयरलाइन्सले पायो अनुमति


काठमाडौं कार्तिक ०२। चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक अन्तर्रा्ष्ट्रिय उडान गर्दै हिमालय एयरलाइन्सले चीनमा हवाई सुरु गर्ने भएको छ ।

सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ। चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो ।

 

२०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दिउंसो ४ः५५ मा आफ्नो उद्घाटन उडान गरेको एयरलाइन्सको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११ः ०५ मा अवतरण गरेको थियो । २०७५ कात्तिक २ गते चोङकिङबाट हिमालय एयरलाइन्सको जहाजले स्थानीय समय रातको १२ः०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रातको १ः५५ मा अवतरण गरेको थियो ।

 

चीनको पांच केन्द्रीय शासित शहरहरु बेइजिङ, सांघाई, ग्वाङजाउ र तियानजिनका साथै चोङकिङ पनि एक हो, जहाँ पर्यटकका लागि उल्लेखनीय आकर्षणहरु रहेका छन् । चोङकिङ सम्पन्न इतिहास र सांस्कृतिक सम्पदाले प्रख्यात छ । बेइजिङ, हाएकाउ, नान्चाङ मा पनि उडान विस्तार गर्ने एयरलाइन्सले लक्ष्य लिएको छ।

 

नेपाली एयरलाइन्सले चिनियाँ भुमीमा उडान अनुमति पाउन सकेका थिएनन्। नेपाल एयरलाइन्सले लामो समयदेखि उडान अनुमति मागे पनि पाउन सकेको छैन।
नेपाल(चीनको हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सले चीनका ७ वटा सहरमा उडान गर्न सक्छन्। बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाउ, कुनमिङ, छेन्दु र जियानमा नेपालका एयरलाइन्सले उडान गर्न सक्छन्। तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमालय एयरलाइन्सले सम्झौता बाहिरकै सहरमा भएपनि चिनियाँ पक्षले उडान अनुमति दिएको छ।