किशोरी बलात्कृत,बलात्कार गरेको आरोपमा गाहा पक्राउ

पाल्पा कार्तिक ०२।  पाल्पामा तिनाउ गाउँपालिका–२ की १९ वर्षीय किशोरी गएराति बलात्कृत भएकी छन् । उनलाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय २० वर्षीय किरण गाहा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

बलात्कारको घटना थाहा पाउनासाथ प्रहरी निरीक्षक अमृत भण्डारी र दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक एकबहादुर नेपालीको टोलीले गाहालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।