१४ वर्षीय किशोर तीन वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ

कञ्चनपुर, कात्तिक ६ । भीमदत्त नगरपालिका–१२ ओदालीका १४ वर्षीय किशोर तीन वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

सोमबार पक्राउ परेका किशोरमाथि प्रहरीले अनुसन्धान सुरू गरेको छ । महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षणपछि पीडित बालिकालाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।