उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त


काठमाडौं कार्तिक ७।उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् ।

बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन त्यहाँ पुगेका रक्षामन्त्री पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष तथा चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको संस्मरणस्थल तियानमेन स्क्वायर क्षेत्रमा उनीप्रति पुष्पगुच्छासहित श्रद्धाञ्जलि अर्पणपछि नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध तथा सहयोग विस्तार गर्न अध्यक्ष माओत्सेतुङले पु¥याउनुएको योगदानको स्मरण गरेको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

 

चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणामा आठौँ बेइजिङ सियाङग्स्ट्यान मञ्च बैठकमा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि रहेका उपप्रधानमन्त्री पोखरेलले नेपालले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सेना खटाई अन्तर्राष्ट्रि«य शान्ति सुरक्षा स्थापनामा पु¥याएको योगदानबारे नेपालको धारणा र मन्तव्य राख्ने कार्यक्रम छ ।

 

भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियय चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ । सम्मेलनका क्रममा उपप्रधानमन्त्री पोखरेलले विभिन्न मुलुकका रक्षामन्त्री तथा उच्चपदस्थ सैनिक पदाधिकारीसँग नेपालको शान्ति सेनाको अनुभव बाँड्नाका साथै नेपाली सेनाको आधुनिकीकरण र सशक्तीकरणका विषयमा छलफल तथा परामर्श गर्नेसमेत कार्यक्रम छ ।