कुखुरा उपहार८० एकल महिलालाई

कञ्चनपुर, कात्तिक ९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ८० जना एकल महिलालाई शुक्रवार कुखुरा उपहार दिइएको छ । वडा कार्यालयले श्रीमान गुमाएका एकल महिलाहरुको आय आर्जनमा टेवा पुर्याउनका लागि कुखुरा उपहार दिएको हो ।

 

‘प्रत्येक महिलालाई रु एक हजार मूल्य बरावरका एक भाले र एक पोथी कुखुरा उपहार स्वरुप दिएका छौँ ।’ वडा अध्यक्ष रमेशबहादुर ऐरले भने, ‘अठार महिलालाई अण्डा दिने उन्नत गिरिराज जातको कुखुराको जोडी दिइएको छ ।

 

कुखुरा उपहार पाएका महिलाहरुले अण्डा बेचेर आय आर्जन गर्ने र अण्डाको सेवन गरी स्वास्थ्यलाभ समेत हुने भएकाले कुखुरा दिएको उनले बताए । कुखुरा उपहार कार्यक्रम बाट दलित र आदिवासी समुदायका एकल महिलाहरु बढी लाभान्वित भएका छन् । कुखुरा ७० वर्ष मूनिका एकल महिलालाई दिइएको छ ।

 

कुखुराबाट एकल महिलाहरुले कस्तो प्रगति गर्छन् त्यसकै आधारमा अर्को बर्ष बाख्रा र बंगुर समेत उपहार स्वरुप दिन्छौं अध्यक्ष ऐरले भने । कुखुरा उपहारका लागि वडा कार्यालयले रु ८० हजार खर्च गरेको छ ।