यी ८ रोगको लागि लालीगुराँस स्वास्थ्यका लाभदायक हेर्नुस

काठमाडौँ – पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएको मन नै लोभ्याउने गरी फु्लेको हुन्छ । यो जंगलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जो कोहि मोहित हुन्छन् ।

त्यसो त लाली गुराँस नेपालको राष्ट्रिय फूल पनि हो । त्यसैले यस फूलप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ । गुराँस हेर्नमा जति राम्रो छ, उत्तिकै गुणकारी पनि । गुराँसको जुस बनाउनेदेखि केहि औषधिय काममा पनि प्रयोग गरिन्छ । के यसको स्वास्थ्यबर्द्धक गुण तपाईलाई थाहा छ रु

आर्युवेदिक महत्व

प्राचिन समयमै आर्युवेदमा गुराँस फूलको प्रयोग हुँदै आएको छ । यो रातो, गुलावी, सेतो आदि रंगको हुन्छ । समुन्द्री सतहबाट १५०० देखि ३६०० मिटरको उचाईमा गुराँस पाइन्छ ।

– रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । यसको औषधिय गुण पनि उत्तिनै छ ।

– गुराँसको जुस कलेजो, मृगौला जस्ता समस्यामा निकै उपयोगी हुन्छ ।

– हृदय रोगलगायत केहि गंभिर रोगमा समेत गुराँसको जुस सेवन गर्नु लाभदायक हुन्छ ।

– गुराँसको जुस बनाएर सेवन गर्दा हड्डीको दुखाई समेत ठीक हुन्छ ।

– उच्च रक्तचाप नियन्त्रणका लागि पनि गुराँस उपयोगी मानिन्छ ।

– घाँटीमा कुनै खानेकुरा अड्किएको बेला गुराँस खानुपर्छ, ठीक हुन्छ ।

– गुराँस एउटा सिजनमा मात्र पाइने भएकाले अन्य बेला प्रयोग गर्नका लागि यसको फूललाई घाममा सुकाएर राख्न सकिन्छ ।

– धार्मिक मान्यता के छ भने, गुराँसको फूल घरको मू्ल ढोकामा सजाउँदा घरमा नकारात्मक उर्जा आउँदैन ।