मलेसिया रोजगारी खुल्दै, कामदारको खर्च रोजगारदाताले बेहोर्ने


काठमाडौं कार्तिक ११। बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार ९आज० काठमाडौं आउँदैछन् । नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आउने भएका हुन् ।यसअघि सञ्चालनमा रहेका बायोमेडिकल ९बायोमेट्रिक०, ओएससी, आइएससी जस्ता संस्थालाई निरन्तरता दिन सहमति भएपछि पहिलोपटक नेपाल र मेलसियाबीच श्रम समझदारी ९एमओयु० हुन थालेको हो ।

 

६ महिनाअघिकै प्रक्रियाम अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियान रोजगारदाताले बेहोर्ने छन् । गत जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द छ ।आजको नागरिक दैनिकबाट।