न्यायिक समितिमा उजुरीको लर्को


काठमाडौं असाेज १६। मुलुकभरका ६ बटा महानगरपालिकाको न्यायिक समितिमा उजुरी आउने क्रम उच्च देखिएको छ । बिगतमा जिल्ला तथा क्षेत्र तहका अदालतमा आउने ती उजुरीहरु अहिले स्थानीय तहमा रहेको न्यायिक समितिमा आउन थालेका छन् ।

६ वटा महानगरपालिकामा अहिलेसम्म ६ सय ४५ थान उजुरीहरु न्यायिक समितिमा दर्ता भएका छन् । ती मध्ये दुई सय ९ थान उजुरीहरुको मात्र निर्णय प्रकृया सम्पन्न भएका छन ।

 

महानगरपालिका मध्ये सवैभन्दा बढि काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा तीन सय ८४ थान उजुरीहरु दर्ता भएको काठमाडौ महानगरपालिकाले जनाएको छ । ती मध्ये ४७ थान उजुरीको मात्र निर्णय प्रकृया सम्पन्न भएको महानगरपालिकाका सुचना अधिकारी बसन्त आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो–‘महानगरपालिकासंग सन्बन्धित चार सय नयाँ उजुरी दर्ता भएका छन । ती निवेदन मध्ये मेयर, प्रमुख प्रशाशकिय अधिकृतसंग सम्वन्धित रहेका छन । ’ महानगरपालीकाको न्यायीक समितिमा सवैभन्दा बढी घरबहाल कर नतिरेको, सम्बन्ध बिच्छेदसंग सम्बन्धीत मुद्दाहरु दर्ता भएका छन । आजको नेपाल समाचारपत्रबाट।