कांग्रेसको विद्यार्थी संगठन नेविसंघले निर्मलाका हत्यारा पक्राउको माग गर्दै कञ्चनपुर बन्द

कञ्चनपुर, असोज १६ ।बलात्कारपछि हत्या गरिएकि कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको अपराधी पक्राउ नपरेको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कञ्चनपुर बन्द गराएको छ ।

 

नबन्दका कारण बिहानैदेखि कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित बनेको छ । बजार, व्यवसाय, कलकारखाना, उद्योगधन्दा, शिक्षणसंस्था बन्द छन् । यातायातका साधनहरुचलेका छैनन् । लामोदूरीबाट आएका सवारी साधनहरुलाई भने सदरमुकाम प्रवेश गर्न दिइएको भएपनि महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सवारी साधनसञ्चालनमा रोक लगाइएको छ ।

हत्याको ६८ दिन वित्दापनि हत्यारा पक्राउ नपरेको भन्दै हत्यारा पक्राउ गर्नुपर्ने, अनुसन्धानका क्रममा प्रमाण मेटाउने प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने लगायतका मागहरु राखेर नेविसंघ कञ्चनपुरले एकदिने जिल्ला बन्द गरेको हो ।

 उनीहरु फाट्ट फुट्ट रुपमा खुलेका केही पसलसमेत बन्द गराउँदै हिडेका छन् । विभिन्न चोकहरुमा बिहानैदेखि टायर बालेर प्रदर्शन सुरु गरिएको छ ।