ट्रककाे ठक्करबाट माेटरसाइकल चालकको मृत्यु

चितवन, असोज १६ । पूर्वी चितवनको टाँडी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३१२२ नं को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना३२प ५०६१ नं को मोटरसाइकललाई ठक्कर दिंदा सोमबार राति मोटरसाइकल चालकको मृत्यु भएको हो।

 

मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका–१ का ३५ वर्षीय सुरज चौधरी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।