आयल निगमको प्रमुखमा १७ जनाको आवेदन


काठमाडौं असाेज १६। नेपाल आयल निगमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ। निगमले गत २९ भदौमा निगमको प्रबन्ध निर्देशक लागि आवेदन माग गरेको थियो। आवेद दिनेमा सवै यसअघिका उच्च पदमा बसिसकेकाहरु छन् । आयोगले १५ दिनको समयसीमा राखेर आवेदन माग गरेको थियो ।   २३ जेठमा निगम प्रमुख गोपाल खड्काले राजनामा दिएपछि उक्त पद खाली छ ।

 

उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालयलेद्धारा गठित मूल्यांकन समितिले प्राप्त आवेदनलाई सर्ट लिष्ट गरेर मन्त्रिपरिषद्समक्ष सिफारिस पेस गर्ने तयारी गरेको छ । त्यसपछि मूल्यांकन समितिको सिफारिसमा आधारित रहेर मन्त्रिपरिषद्ले प्रबन्ध निर्देशकको नियुक्तिको निर्णय गर्ने व्यवस्था छ।

आवेदन दिनेमा उदयपुर सिमेन्ट लिमिटेडका प्रमुख सुरेन्द्र पौडेल, नेपाल विद्यूत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक मुकेश काफ्ले खाद्य संस्थानका पूर्व महाप्रबन्धक डा। शिवहरी श्रेष्ठ र निगमकै प्रबन्धक प्रलयंकर आचार्य लगायत छन्।

 

काफ्लेलाई लोडसेडिङ गराएर मुलुकलाई अन्धकारमा राखेको आरोप छ । हाल आयोगको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सुशील भट्टराईले सम्हाल्दै आएका छन् । उनि निगमकै ११ औं तहका कर्मचारी हुन ।