बेल्जियमको निर्वाचनमा भिड्दै नेपाली मुलका दुई चेली

बेल्जियम ,असोज २२ । बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एक नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् ।
उनको नाम हो रश्मी निरौला ।

 

रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठुलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी हुन् ।

बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठुलो बासोबास रहेको लुभेन नगरमा गैरबेल्जियम समुदायका उम्मेदवारमध्ये उनको विजयलाई धेरैले निश्चित मानेका छन् ।

 

त्यसैगरी बेल्जियमको दोस्रो ठुलो शहर आन्त्वरपेन नगरपालिकामा पनि सीडी एन्ड भीले नेपाली चेली लीला शर्मा मानन्धरलाई सशक्त उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उतारेको छ ।धेरै बर्षदेखि सामाजिक कार्यमा संलग्न मानन्धर विजयी हुने निश्चित मानिएको छ ।, आजको नेपाल समाचारपत्रबाट ।