प्रधानमन्त्री ओली अस्पतालबाट मुस्कुराउँदै डिस्चार्ज
काठमाडौं, कार्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् ।छातीमा संक्रमण र रगतमा चिनीको मात्रा असन्तुलन भएपछि सोमवारदेखि उपचाररत प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रवार साँझ डिस्चार्ज गरेको हो ।
ओली मुस्कुराउँदै अस्पतालबाट बाहिरिएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री डिस्चार्ज भएको बताए। ओली अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । ओलीलाई सुरुमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। पछि मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखेर उपचार गरिएको थियो ।
दसैंलगत्तै बिरामी परेका प्रधानमन्त्री ओलीलाई आइतबार राति श्वासप्रश्वासमा समस्या भएपछि निजी चिकित्सकको सल्लाहअनुसार सोमबार बिहानै अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमी, डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो ।