घरायसी विवादमा श्रीमतीको हत्या

गुल्मी, कात्तिक १७ ।  आज घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको छ ।
मदाने गाउँपालिका–६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले ३१ वर्षीया श्रीमती सीता नेपालीलाई कुटपिट पछि हत्या गरेर फरार भएको प्रहरी उपरीक्षक दप्पककुमार बस्नेतले जानकारी दिनुभएको छ ।

हत्या गरी फरार भएका दुर्गाको खोजीकार्य भइरहेको छ । प्रहरी उपरीक्षक बस्नेतसहितको टोली घटनास्थलतर्फ गएको छ ।रासस