ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यको मृत्यु

डडेल्धुरा, कात्तिक १७ । डडेल्धुरामा ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२, रुपालका वडा सदस्य ४२ वर्षीय भोजराज पनेरु रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

से१त १००५ नम्बरको ट्रयाक्टर शुक्रबार राति रुपालीगाड खोलामा दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्त तथा प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । दुर्घटनाको कारण खुलेको छैन ।