२ लाख बराबरको अवैध मदिरा बरामद

दार्चुला, कात्तिक १९ । जिल्ला प्रहरी कार्यालय दार्चुला अन्तरगत प्रहरी चौकी ब्रह्मदेबले ठुलो परिमाणमा मदिरा बरामद गरेको छ । प्रहरीले आइतबार अन्दाजी ५० हजार मूल्य बराबरको ७ पेटी भर्जीन, १६ हजार ५ सय मूल्य बराबरको ११ पेटी महाकाली र १ लाख १५ हजार २ सय मूल्य बराबरको २४ पेटी एसटीएस कम्पनीको मदिरा बरामद गरेको हो ।

 

श्रिबगडबाट दुहु गाउँपालिकाको ब्रह्मदेबतर्फ लैजादै गरेको अवस्थामा मदिरा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज अधिकारीले जानकारी दिए ।

 

कुल १ लाख ८२ हजार एक सय मूल्य बराबरको ४२ पेटी मदिरा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अबैध रुपमा बेबारीसे अवस्थामा फेला परेको मदिरा ब्रह्मदेब प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याइएको र आबश्यक कारबाहीको लागी कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।