तेस्रो बडीमालिका कपको उपाधि सूर्यतारा फाण्डेसनलाई

 

 

काठमाडौँ कार्तिक १९   बाजुराको सदरमुकाम मार्तडीमा जारी तेस्रो बडीमालिका कपको उपाधि सूर्यतारा फाण्डेसन कोल्टीले हात पारेको छ । फाउण्डेसन रानीबन स्पोर्टस युथ क्लब सुन्यका विरुद्ध २ गोल गर्दै तेस्रो बडीमालिका कपको उपाधि हात पारेको हो । फाउण्डेसनले ५० हजार १ सय एघार नगद सहित ट्रफीमेडल प्रमाण पत्र हात पारेको हो ।

 

त्यस्तै सुन्य गोलमा चित्त बुझाउँदै रानीबन स्पोर्टस युथ क्लबले दोस्रो स्थान हात पारेको छ । क्लबले नगद ३० हजार १ सय एघार रुपैया सहित कपसंगै ट्रफीमेडल र प्रमाणपत्र हात पारेको छ ।

 

तेस्रो बडीमालिका कप खेलको सर्बोत्कृष्ट खेलाडी रानीबन स्पोर्टस युथ क्लबका जनक बम त्यस्तै उत्कृष्ट गोल रक्षक सुर्यतारा फाउण्डेसनका जीवन नेपाली घोषित भए ।

 

विजया दशमी तथा शुभदिपावलीको अवसर पारी बडीमालिका युथ क्लबले बाजुराको सदरमुकाम मार्तडीमा आयोजना गरेको तेस्रो बडीमालिका कप पुरुष फुटबल प्रतियोगीता कार्तिक ११ गतेबाट संचालन भएको थियो । मालिका माविको प्राङ्गणमा संचालन गरिएको तेस्रो बडीमालिका कप खुला पुरुष फुटबल प्रतियोगीतामा ३२ टिमको सहभागीता रहेको थियो ।

 

‘म बदलिन्छु, मेरो देश बदलिन्छ, असाहय र आश्रय विहीन बालवालिकाको भविष्य सप्रिन्छ’ भन्ने मूल नाराका साथ बडीमालिका युथ क्लबले सेभेन ए साइड फुटबल प्रतियोगीताको आयोजना गरेको थियो ।

 

क्लबले कार्यक्रम अबधिभर प्रतियोगीता हेर्न आउने दर्शकहरुबाट संकलन भएको केही प्रतिशत रकम कन्सन बाजुरामा रहेका असाहय र आश्रय विहीन टुहुरा बालवालिकाका लागि नगद २९ हजार ९ सय ९९ रुपैयाँ सहयोग गरिएको क्लबका अध्यक्ष विरेन्द्र बोहराले बताए ।

 

कार्यक्रममा उक्त प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने आधा दर्जन बडी व्यवसायी र व्यक्ति तथा संघ संस्थालाई प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले सम्मान गरेका थिए ।