२ तले घरमा अागलागी, निभाउने प्रयास जारी

     

रामकुमार श्रेष्ठ

नवलपुर,कात्तिक २०।नवलपुरको मध्यविन्दु नगरपालिका ३ को कोल्हुवामा आगलागि भएको छ । मध्यविन्दु नगरपालिकाको कोल्हुवा चोकमा रहेको भेषराज न्यौपानेको दुइ तले घरमा आगलागि भएको हो ।

 

पेट्रोलको कारणले आगलागि भएको हुन सक्ने आशंका गरिएको छ ।
कावासोती नगरपालिकाको दमकल, प्रहरी र स्थानीय को सहयोगमा आगो निभाउने क्रम जारी रहेको प्रहरी चौकी कोल्हुवाका इन्चार्ज हरि बहादुर रानाले बताउनुभएको छ ।