४० हजारप्रति स्मार्ट लाइसेन्स छपाइ

काठमाडौँ, कात्तिक २१ । सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० ४० हजारप्रति छपाइ भएको छ । छपाइको जिम्मा पाएको मालिका इन कर्पोरेटले १५ दिनमा त्यति प्रति लाइसेन्स छपाइ गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

विभागका अनुसार कर्पोरेटले छाप्न सुरु गरेको ४५ दिनमा करिव छ लाख लाइसेन्स छापेर सक्ने सम्झौता भएको थियो, तर १५ दिनमा जम्मा ४५ हजार मात्र छापिएको छ ।

 

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले छापिएपछि सबै प्रति लाइसेन्स एकैपटक छपाइ कम्पनीसँग लिइने र वितरण गरिने जानकारी दिनुभयो । गत भदौं ३१ गतेको मन्त्रिपरिषद्को निर्णयले मालिका इन कर्पोरेट कम्पनीलाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्न जिम्मा दिइएको थियो । गोरखापत्रबाट।