शेयरमा लगानी गर्नेका लागि स्वणिम् अवसर एक अर्ब ८८ करोड रुपैयाँ रकम बराबरको साधारण शेयर

काठमाडौ,कात्तिक  २१ । शेयरमा लगानी गर्नेका लागि स्वणिम् अवसरको रुपमा लिइने साधारण शेयर एक पछि अर्को गर्दै आउदै छन । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ८८ करोड रुपैयाँ रकम बराबरको साधारण शेयर ९आइपिओ० बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो।

चालू आवको हालसम्म २५ वटा संगठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन्। साधारण शेयर बिक्रीको अनुमतिको प्रक्रियामा रहेकामध्ये १० संगठित संस्थाको निवेदन प्रारम्भिक पुनरावलोकनको प्रक्रियामा रहेका छन्। दुई संस्थालाई थप कागजात पेश गर्न सूचित गरिएको छ।

यस्तै प्रक्रियाका चार लघुवित्त वित्तीय संस्थालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को व्यवस्थाबमोजिम हुने गरी साधारण शेयर निष्काशन गर्न सूचित गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिए।

बोर्डका अनुसार एक संस्थाको विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधन गर्न लेखेर पठाइएको तथा यस अवधिमा सात संगठित संस्थाले बोर्डको राय सुझावबमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेश गरेका छन्। त्यसरी प्राप्त जवाफको पुनरावलोकन गरी तीन संस्थालाई राय सुझावबमोजिम विवरणपत्रमा सुधार गरी पुनःपेश गर्न भनिएको बोर्डले जनाएको छ। रासस