निर्मला हत्याकाण्ड एसपीका छोरा र बम दिदिबहिनी आजिवन जन्मकैद

काठमाडौं कर्तिक २२  निर्मला हत्याकाण्ड बम दिदिबहिनी र एसपीका छोरालाई आजिवन जन्मकैद, निर्मलाको आत्माले शान्ति पाउला  सक्दो सेयर गरौं ताकी सबै नेपालीले देखुन

निर्मला हत्याकाण्ड बम दिदिबहिनी र एसपीका छोरालाई आजिवन जन्मकैद, निर्मलाको आत्माले शान्ति पाउला 
करिब अढाई महिना अघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन आईतबार साँझ सार्वजनिक गरिएको छ । हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन ३७ पेजको प्रतिबेदन सार्बजनिक गरेको हो । समितिको प्रतिवेदन गृहमै गुपचुप बनाइएको भन्दै गृहमन्त्रालयको आलोचना भएको भईरहेका बेला सो प्रतिबेदन सार्बजनिक भएको छ । प्रतिवेदनमा तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको भन्दै थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

 

कसरी भएको थियो घटना 
गत साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । त्यसपछि उनको बलात्कार र हत्यामा संलगन भन्दै स्थानीय प्रहरीले केही निर्दोष ब्यत्तिहरुलाई पक्राऊ गरी थुनामा राख्यो र केहीलाई सार्बजनिक समेत गर्यो । प्रहरीको सो नाटक स्थानीयले पचाएनन् । स्थानीय प्रहरीले छानविनमा लापरबाही गरेको भन्दै आन्दोलन चर्कियो । आन्दोलनका क्रममा थप एकजनाको मृत्यु भयो ।

 

त्यसपछि प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो । त्यसअघि नै तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका थिए । अहिलेसम्म विभिन्न समितिले अनुसन्धान जारी राखेको बताइरहे पनि घटनाको दोषी पत्ता लाग्न सकेको छैन ।

 

छानबिन समितिको प्रतिबेदन के भन्छ 
बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले शंकाको सुई बबिता भनिने अनिता बमतर्फ सोझ्याएको छ । गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’ समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको छ ।

 

उखुबारीमा निर्मलाको बलात्कार र हत्या नभई बाहिरबाट हत्या गरेर त्यहाँ शव फालेको ठहरमा समिति पुगेको छ । निर्मलाका कितावहरु पानीमा नभिजेको ओभाना देखिएको हुनाले उनलाई अन्यत्रै हत्या गरेर ती कितावहरु घटनास्थानमा पछि राखिएको समितिको निश्कर्ष छ । निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरु ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

 

तर, बबिता अनिता बम र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरु उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरुको गतिविधि शंकास्पद रहेको समितिले निश्कर्ष निकालेको छ । समितिले आफ्नो सुझावमा यो घटनाबारे विशेष अनुसन्धान टोली बनाई अनुसन्धानको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको छ ।

 

किन लुकायो प्रहरीले तथ्य
जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले तयार पारेको सनाखत मुचुल्कामा निर्मला पन्तको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खराने रंगको पेन्टी लगायत साइकल कापी प्रहरीले बरामद गरी लगेको उल्लेख भए पनि बरामद गरिएका उल्लेखित वस्तुहरु हाल नभेटिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

त्यसैगरी घटनास्थलबाट नीलो रंगको सेन्डो गञ्जी र खैरो रंगको जिन्स हाफपाइन्ट बरामद गरिएको कागजमा उल्लेख भएकोमा नमूना परीक्षणको पत्रलाई सच्याउन जिप्रकाले अर्को पत्र पठाएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । ‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सच्याइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

 

प्रतिवेदनमा निर्मला पन्तको भजाइनल स्वावमा भेटिएको भनिएको वीर्यका विषयमा पनि संशय देखाएको छ । उक्त स्वाब परीक्षणलाई समितिले ‘चलाखीपूर्ण’ भनेको छ । प्रतिवेदनको २४ र २५ पृष्ठमा लेखिएको छ, ‘महाकाली अञ्चल अस्पतालमा २३ साउनको शव परीक्षणको रिपोर्टमा मृतकको भेजिनामा वीर्यको जीवाणु नदेखिएको र कन्र्फम गर्न भजाइनल स्वाब नेशनल फरेन्सिकमा पठाउने भनिएको पत्रको व्यहोरा र मृतकलाई पानीमा घोप्टो पारेर प्रमाण नष्ट हुने गरी राखिएको अवस्थाले पनि उक्त कार्य चलाखीपूर्णरुपमा गरेको जस्तो देखिन्छ ।

 

अब के हुन्छ 

सरकारको प्रतिवेदन सरसर्ती हेर्दा कतै बम दिदिबहिनी र एसपीका छोरा नै दोषी भएको लगभग छर्लङ्ग छ । यदि उनिहरु दोषी भए सरकार सर्वस्स सहित जन्मकैद हुनु पर्छ।
सोही घटनामा आरोपी दिलिपसिंह विष्टलाई केरकार गर्ने क्रममा यातना दिने प्रहरीका साथै तत्कालीन एसपी डिल्लीराज विष्ट समेतलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ । घटनाको अनुसन्धानमा संलग्न प्रहरीले हेलचेक्राइँ र लापरवाही गरेको प्रतिवेदनमा ठहर गरिएको छ र त्यसमा सहभागी सबै प्रहरीलाई विभागीय कारवाही गर्न सिफारिस गरिएको छ ।

 

घटनाको अनुसन्धानमा संलग्न प्रहरीले हेलचेक्राइँ र लापरवाही गरेको प्रतिवेदनमा ठहर गरिएको छ र त्यसमा सहभागी सबै प्रहरीलाई विभागीय कारवाही गर्न सिफारिस गरिएको छ । त्यसैगरी प्रहरीको गोलीबाट घाइते भएकाहरुलाई निर्वाह भत्ता उपलब्ध गराउन भनिएको छ । पीडितलाई सामाजिकरुपमा पुनस्र्थापना गराउन सिफारिस गरिएको छ । प्रतिबेदनले सोही घटनामा बम दिदिबहिनी र एसपी सहित उनका छोरालाई शंकाको घेरामा राखेको छ । अब हेर्न बाँकी छ प्रतिबेदनले भनेअनुसार उनीहरुमाथि अनुसन्धान हुन्छ या पुरानै पारामा प्रतिबेदन नै गलत भन्दै दोषीलाई उम्काउने प्रयास गरिन्छ ।http://gitsangit.com बाट साभार