माओवादी संक्रमले नेकपा ग्रस्त प्रधानमन्त्री केपी ओलीको अस्वस्थतासंगै पार्टी पनि विरामी परेको छ

काठमाडौं कार्तिक २२ । यो बखतमा देशको सवैभन्दा ठूलो र सत्तारुढ दलको चहलपहल निकै लोभलाग्दो हुनुपर्ने थियो । त्यो चहलपहलले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका गतिला कार्यक्रम तिनै कार्यकर्ताले मार्फत प्रचार गराउने सक्थे । तर, यतिबेला अवस्था त्यस्तो छैन । १० लाख पार्टी कार्यकर्ता रहेको दावी गर्ने नेकपा अहिले प्यारालाइज्जिङ् अवस्थामा पुगेको छ ।

 

एकातिर पार्टी एकता टुंगोमा पुगेको छैन, अर्कोतिर प्रधानमन्त्री केपी ओलीको अस्वस्थतासंगै पार्टी पनि विरामी परेको छ । अर्थात् नेकपा पूर्वमाओवादीको हालत झै अहिले बेथिती र भद्रगोल पारामा पुग्न लागेको छ । व्यवस्थित संगठनमा चलेको एमालेलाई माओवादीसंगको एकताले भद्रगोल बनाए पनि त्यसलाई सुधार गर्ने पक्षमा भने कोही पनि देखिएका छैनन् ।

 

यही रफ्तारमा पार्टीभित्र असन्तुष्टि र भद्रगोल बढ्दै जाने हो भने त्यो पार्टीकै लागि प्रत्युत्पादक हुने देखिन्छ ।

केन्द्रीय समिति कता हो कता रु

 

नेकपाको केन्द्रीय समिति गठन भएको छ । अझ कतिपय केन्द्रीय सदस्यले त सपथ ग्रहणपछि पनि पद गुमाएको नौलो इतिहास यही पार्टीमा बनेको छ । तर, सपथ ग्रहण गरेर पनि पद गुमाएहरूमा पीडा त होला तर केन्द्रीय सदस्य भएकाहरूले पनि केन्द्रीय सदस्यको हैसियत महसुस गर्न पाएका छैनन् । अहिलेसम्म केन्द्रीय समितिको बैठक बसेको छैन । २०७५ जेठ ३ गते पार्टी एकता भएपछि ६ महिनामा एकपटक केन्द्रीय समितिको बैठक बस्ने वातावरण नेकपाले बनाउन सकेको छैन । त्यसले नेकपाका नेताहरूलाई नै असन्तुष्ट बनाइरहेको छ ।

२०७५ जेठ ३ गते नेकपाको पहिलो केन्द्रीय समितिको वैठक बसे पनि त्यसपछि अहिलेसम्म बसेको छैन । पार्टी एकताको ६ महिना भइसकेको छ । ६ महिनामा एकपटक केन्द्रीय समितिको बैठक बस्ने विधानमा व्यवस्था छ । त्यतिबेला पार्टी एकताका लागि चाहिने केन्द्रीय सदस्यको हस्ताक्षरका लागि यो बैठक बसेको थियो । तर, एजेण्डामा अहिले छलफल हुन सकेको छैन ।

 

एकता त ए–कता हँ रु

पार्टी एकताको सम्पूर्ण प्रक्रिया ३ महिनामा टुंगो लगाउने गरी काम गर्ने बताएका थिए । तर, त्यो अनुसार काम भएन । ६ महिना वित्दा एउटा पनि जनवर्गीय संगठनको एकता भएको छैन । अन्य जिल्ला र प्रदेश कमिटी पनि एकता हुन सकेको छैन । ५ महिनापछि प्रदेश इञ्चार्ज तोकियो तर त्यो विवादमा तानिएपछि थप जिम्मेवारी तोक्ने काम भएको छैन ।

 

जनवर्गीय संगठन र जिल्ला संगठनहरूले पनि प्रतिवेदन पार्टीलाई बुझाएका छन् । अहिले पनि महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलको कार्यदल बनेको छ । यो कार्यदल नेताहरूको जिम्मेवारीको बारेमा सिफारिश गर्नेछ ।

 

गुम्दै पार्टीको पकड

स्थानीय तहमा बहुमत नेकपाको छ । अर्थात् ७५३ वटा स्थानीय तहमध्ये बहुमत स्थानीय तहमा नेकपाबाट निर्वाचित जनप्रतिनिधि छन् । ती जनप्रतिनिधिलाई साथ लिएर काम गर्न पनि सकेको छैन । नेकपाले पार्टीका आफ्ना सदस्यलाई साथ लिएर स्थानीय तहमा गतिलो काम गर्न सकेको छैन भने अर्का स्थानीय तहमा पार्टीको पकड पनि कमजोर बनाउदै लगेको छ ।

पार्टीभित्रको भद्रगोलले नेता कार्यकर्तामा असन्तुष्टि बढाउदै लगेको छ । पहिला असन्तुष्टि भएपनि विकल्प नभएको भन्दै नेता कार्यकता चुपचाप पार्टीको काममा लाग्ने गरेका थिए तर अहिले विकल्पको खोजीमा लागेका छन् । जसले गर्दा स्थानीयस्तरमा पार्टीको पकड कमजोर हुने निश्चित छ ।

सचिवालय र स्थायी समितिको पनि भर छैन

 

हरेक ३ महिनामा स्थायी समितिको बैठक बस्ने पार्टीको विधानमा उल्लेख छ । २०७५ साउन २१ गते बसेपछि अहिलेसम्म बसेको छैन । भदौयतामात्रै ५ पटक सरिसक्यो । सुरुमा भदौ ८÷९ गतेलाई बोलाइएको स्थायी समिति बैठक पछि १९÷२० लाई तोकियो । त्यतिबेला पनि स्थायी समिति बैठक बस्न सकेन र २६÷२७ लाई तोकियो ।

 

यो बेला बस्न नसकेर कात्तिक ४÷५ मा तोकियो त्यसमा पनि बैठक बस्न सकेन । अनि कात्तिक १२÷१३ भनिएको थियो त्यो पनि बैठक बस्न सकेन । अर्थात् स्थायी समितिको बैठकको साइत अहिलेसम्म जुरेको छैन । यसले पार्टीका हविगत कुन अवस्था छ भन्ने पनि स्पष्ट हुन्छ ।
(साँघु