भिरबाट लडेर एक किशोरीको मृत्यु

अछाम, कार्तिक २४ । अछाममा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका–४ कालीकास्थानका मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी रन्जना चलाउने रहेकी छन् ।

 

घरबाट खर काट्न गएकी रन्जना शनिबार दिउँसो १ बजे तिर भन्डाराखोला माझबाटे भिरबाट खसेर मृत्यु भएको परिवारले जनाएको छ । भिरबाट करिब २० मिटर तल खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेका कारण घटना स्थलमै मृत्यु भएको जनाएको छ ।

 

मृतक चलाउने आमा र भाउजुसंगै भिरमा घाँस काटन गएकी थिइन् । मृतक चलाउने ऋषिकुल माविमा विनायकमा कक्षा ९ मा अद्ययनरत थिइन् ।