मेनपावर एजेन्टसँग प्रहरी हुँ’ भन्दै रकम असुल गर्ने प्रहरीको फन्दामा

काठमाडौं,कात्तिक२५ ।‘प्रहरी हुँ’ भन्दै म्यानपावर एजेन्टसँग रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोप एक युवा प्रहरीको फन्दामा परेका छन् ।

नक्कली प्रहरी बनि मेनपावर एजेन्ट खुश्बु गुरुङलाई धम्क्याएर एक लाख असुल गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी ६ घर भई हाल ललितपुरको चापागाँउ बस्ने दीपेन्द्र अधिकारी भन्ने नारायण बिकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

 

वैदेशिक रोजगारीमा लागी मकाउ जान कृण्ण चौधरीले एजेन्ट गुरुङलाई रकम बुझाएका थिए । तर उनले पठाउन नसकेपछि विकले गुरुङलाई आफू महानगरीय प्रहरी अपराध महाशाखाको असई भएको भन्दै गुरुङसँग रकम ठगी गरेका थिए ।

 

उनलाई ललिपुर गोदावरी नगरपालिका वडा न ११ चापागाँउबाट पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ परिच्छेद २१ को ठगी सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।