आगो निभाउन पानीबिनाको दमकल पुगेपछी

बैतडीमा असाेज २५।  पानीबिनाको दमकल राखिने गरिएको पाईएको छ । पाटन नगरपालिका ४ बस्ती जोलाबाँजमा आइतवार बिहान आगलागी हुँदा पानीबिनाको दमकल आगो निभाउन पुगेको छ ।

स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आगलागि हुँदा करीब ७० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।

आज बिहान साढेचार बजे घर परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताउनुभयो ।

आगलागि भएको खबर पाउने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुर्याएको भएपनि दमकलमा पानी नभएका कारण फेरी फर्केर पानी भरेर दमकल ल्याइएको स्थानीय राजेन्द्र विष्टले बताउनुभयो । स्थानीय,प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।
दमकलमा पानी नभएका कारण बढी क्षति भएको भन्दै स्थानीयबासीहरुले असन्तुष्टी जनाएका छन् । तर दमकल चालक विनोद केसीले भने दमकलमा पानी रहेको दाबी गरेका छन् । उहाँले भन्नुभयो“दमकलमा पानी थियो तर पम्पले हावा९एयर० लियो ,त्यसैले हावा निकाल्न खोला गएको हुँ”।

पानीबिनाको दमकल घटनास्थल पुगेपछी स्थानीय बासिन्दा आक्रोसित समेत भएका थिए ।
गाईवस्तुका लागि हिउँदमा खुवाउन जमा गरेको पराल र खर आगलागिबाट जलेर नष्ट भएको हो । आगालागी के कती कारणले लागेको हो भन्ने खुल्न नसकेको छैन यद्यपी पिडित परिवारका अनुसार छिमेकि कसैले आगो लगाएको अनुमान गरिएको छ।