आफ्नै छोरीलाई बलात्कार गर्ने पक्राउँ

मोरङ कार्तिक २६। मोरङको कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । श्रीमती माइती गएका बेला १४ वर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका – ५ का ३९ वर्षका पुरुषलाई पक्राउ परेका हुन् ।

 

यही कात्तिक कात्तिक ७ गते श्रीमती माइत गएका बेला छोरीलाई जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । किशोरीका हजुरआमाले किटानी जाहेरी दिएपछि कात्तिक २० गते प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्यादसमेत लिएको छ ।