सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त,सोडारीको बर्खास्ती

कैलाली, कार्तिक २७ । सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डलमा हेरफेर  सुदरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी मन्त्री पदबाट मुक्त भएका छन् र मुक्त गरेको केही घण्टा बित्न नपाउंदै सुदूरपश्चिम प्रदेशले सामाजिक विकास मन्त्रीमा तत्कालिन एमालेबाट निर्वाचित कृष्ण सुवेदीलाई निगुक्त गरिसकेको छ । उनले पद तथा गोपनियताको सपथ ग्रहणसमेत गरिसकेका छन् ।सुदूरपश्चिम प्रदेशका प्रमुख भीम रावलका निकट मानिने सोडारीलाई के कति कारणले हटाइएको हो भन्ने विषय भने सार्वजनिक गरिएको छैन ।

 

नव नियुक्त सामाजिक विकास मन्त्री सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनिजयताको सपथ खुवाएका हुन् । प्रदेश प्रमुख मोहनराज मल्ल, सभाभुख अर्जुन थापा लगायतको उपस्थितिमा सुवेदीको सपथ ग्रहण भएको हो । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरिएपछि सोही निर्वाचन क्षेत्र नम्बर ४ का ‘ख’ बाट निर्वाचित सुवेदी मन्त्री बनेका हुन् ।