सोह्रौं अनशनको तयारीमा डा. केसी

काठमाडौं, कात्तिक २८ । सरकारले आफूसँग पन्ध्रौं अनशनका क्रममा गरेको सम्झौता कार्यान्वयनमा आलटाल गरेपछि डा। गोविन्द केसी १६ औं अनशनको तयारीमा जुटेका छन् । सरकार उनीसँग गरेको सहमति कार्यान्वयनमा उदासीन भभपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। केसी फेरि अनशन बस्न लागेका हुन्।

 

सरकारलाई आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरे १६ औं अनशन बस्न बाध्य हुने चेतावनी दिँदै आएका डा। केसी सरकारले झुक्याएको भन्दै अनशन बस्ने तरखरमा रहेको उनी निकट चिकित्सकले नागरिकलाई बताए । सरकारले आफूसँग भएका सम्झौता उल्लंघन गरेको र माफियाका पक्षमा काम गरेको आरोप लगाउँदै आएका डा। केसीले सरकारको पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै फेरि अनशन बस्ने ‘मुड’ मा रहेको डा। केसीका सहयोगी डा। अभिषेकराज सिंहले जानकारी दिए।

 

सिंहका अनुसार तिहार सकिएलगत्तै डा। केसीले आफू निकटस्थ र सहयोगीलाई बोलाएर अनशन बस्ने तयारीमा रहेको जनाएका थिए । उनले आफूहरूले पहिला संसद् बैठक छिटो राख्न दबाब दिने र सम्बन्धित निकायका पदाधिकारीलाई भेटेर सहमति कार्यान्वयनका लागि आग्रह गर्ने कुरा सुझाए पनि सरकारको विश्वास नभएको भन्दै डा। केसी अनशन बस्ने ‘मुड’ मा रहेको बताए।

 

डा। केसी बुधबार पत्रकार सम्मेलन गरेर सरकारलाई सहमति कार्यान्वयनका लागि केही दिनको अल्टिमेटन दिने र कसैलाई स्थान तथा समयको जानकारी नदिई गोप्य रुपमा अनशन सुरु गर्ने मनस्थितिमा छन् । सिंहका अनुसार डा। केसी शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भूमिकाप्रति असन्तुष्ट छन् । मन्त्री पोखरेलकै कारण आफूसँग भएको सम्झौता कार्यान्वयनमा आलटाल भएको डा. केसीको बुझाइ छ। नागरिक दैनिकबाट